Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक रुपमा टाट पल्टिएको टानमा अध्यक्ष हुनेको होडबाजी, नेतृत्वको कमजोरीले बिरत्तिएका ८ सय व्यवसायीले सदस्यता नै नबिकरण गराएनन्

आर्थिक रुपमा टाट पल्टिएको टानमा अध्यक्ष हुनेको होडबाजी, नेतृत्वको कमजोरीले बिरत्तिएका ८ सय व्यवसायीले सदस्यता नै नबिकरण गराएनन्

काठमाडौं, ३ साउन । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा नेतृत्व चयनका लागि आगामी भद्रौ २० गते साधारण सभा तय गरिएको छ । साधारण सभा आउन अझै डेढ महिना भन्दा बढी समय बाँकी छ । तर टानका सदस्यहरुलाई चुनावले छपक्कै छोपिसकेको छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदका लागि दजनौं आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउने ध्याउन्न लागिसकेका छन् भने अग्रज व्यवसायीहरु पनि कसरी आफ्नो पार्टी निकट व्यक्तिलाई नेतृत्व तहमा पु¥याउने भन्ने गृहकार्यमा जुट्न थालिसकेका छन् ।

अचम्मको कुरा त के छ भने पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स), विभिन्न दातृनिकायहरुको सहायता र सदस्य शूल्कवापत बार्षिक करोडौ आम्दानी गर्ने टानको आर्थिक अवस्था केही वर्षयता चौपट छ । टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाका अनुसार हाल टानको ऋण मात्र १ करोड रुपैयाँ भन्दा बढी छ । अनियमितताको आशंका सहित टिम्स वापतको रकम टानलाई दिन बन्द गरिएकोे ५ वर्ष भइसकेको छ । तर अझै गाठो फुक्न सकेको छैन ।

टिम्सवापतको रकम निकासी गर्न नसक्नु, पदयात्रा व्यवसायीहरुको समस्या समाधानमा पहल गर्न नसक्नुले टानको नेतृत्वप्रति क्रमश विश्वास घट्न थालेको पर्यटन व्यवसायी राजेन्द्र सापकोटा बताउछन् । अहिले अध्यक्ष हुन तँछाडमछाड भएपनि पदमा पुगकाहरुले उल्लेख्य काम गर्लान भन्नेमा कुनै आशा नरहेको सापकोटाले अर्थको अर्थसँग बताए ।

टानमा हाल आवद्ध सदस्यहरुको संख्या १ हजार ८ सय भन्दा बढी भएपनि नविकरण गर्नेहरुको संख्या करिव १ हजार मात्र रहेको कोषाध्यक्ष तिमल्सिनाले जानकारी दिए । उनी भन्छन्– ‘टानको सदस्यता लिनेहरुको संख्या १ हजार ८ सय भन्दा बढी छ तर कतिपयले नविकरण नगरि आफ्नो व्यवसाय गरिरहेका छन् ।’ विगतमा सदस्यता लिएकाहरुले नविकरण नगराउनुमा पनि नेतृत्वकै कमजोरी रहेको टानका पूर्व महासचिव कर्ण लामाले बताए । उनका अनुसार विगत केही वर्षदेखि टानका पदाधिकारीहरु बीच प्रयाप्त ‘टीम वर्क’ नभएकाले टान यो अवस्थामा आएको हो । पार्टी केन्द्रित पदाधीकारीहरुले गर्दा टान धरासायी अवस्थामा पुगेको उनको निष्कर्श छ ।

उसो त टानका अध्यक्ष नवराज दाहाल पनि ‘टिम वर्क’ हुन नसकेको कुरालाई स्विकार गर्छन । टानको अवस्था सुदृढ बनाउनेतर्फ कुनै पनि पदाधिकारीले ध्यान नदिएको आरोप उनको छ । आफ्नो दुई वर्षे मध्ये २२ महिना बढी भन्दा समय गुजारी सकेका उनले अझै पनि टिम्सको बिवाद सुल्झाउने र ऋण आफ्नै कार्यकालमा चुक्ता गर्ने विगतको बाचा भने दोहो¥याउन छोडेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x