Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक बर्षको अन्तिम महिनामा मात्र १९ अर्ब बढी रकमान्तर

आर्थिक बर्षको अन्तिम महिनामा मात्र १९ अर्ब बढी रकमान्तर

काठमाडौं,६ साउन ।  गत आर्थिक बर्षको अन्तिम महिनामा मात्र सरकारले १९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रकमान्तर गरेको छ । आर्थिक बर्षको अन्त्यमा ठूलो रकम रकमान्तर गर्ने परमपरालाई यस पटक पनि सरकारले निरन्तरता दिएको हो । सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणमा शेयर लगानी गर्नका लागि ५ अर्ब रकमान्तर गरेको छ । यस्तै सडक बत्तीको बक्यौता भुक्तानी प्रयोजनका लागि ३ अर्ब ३४ करोड १३ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएको छ ।   

नेपाली सेनाले खरिद गरेको जहाजको बाँकी रकम भुक्तानीका लागि जंगी अड्डालाई १ अर्ब ३९ करोड निकासा गरेको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम जग्गा खरिदवापत नेपाल खाद्य संस्थानलाई भुक्तानी गर्नका लागि महानगरीय प्रहरीलाई १ अर्ब ३५ करोड दिएको छ । बिशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा २ करोड ८९ लाख ३९ हजार रुपैयाँ रकमान्तर भएको छ । यसै गरी साझा यातातयमा सेयर लगानी गर्न तीन अर्ब रकामान्तर गरेको छ । यसअघि सरकारले बैशाखमा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी रकमान्तर गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x