Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

१ हजार ६६१ व्यापारिक फर्म अनुगमन, १५८ फर्म कारवाहीमा र ४३ लाख जरिवाना अशुल

१ हजार ६६१ व्यापारिक फर्म अनुगमन, १५८ फर्म कारवाहीमा र ४३ लाख जरिवाना अशुल

काठमाडौं,६ साउन । सरकारले गएको आर्थिक बर्षमा मुलुकभर १ हजार ६६१ व्यापारिक फर्म अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुशार १ हजार ६६१ व्यापारिक फर्ममा गरिएको अनुगमनमा १५८ व्यापारिक फर्मले उपभोक्ता ठगी गरेकोमा कारवाही गरिएको छ भने । जसबाट ४३ लाख २१ हजार जरिवाना अशुल उपर गरिएको छ । विभाग उपभोक्ता ठगी गर्ने विल विजक नदेखाउने फर्म उपर न्यूनतम  ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

विभागको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा सवै भन्दा बढी शुभकामना मिनिरल वाटरलाई ३ लाख रूपियाँ जरिवाना गरेको छ ।  मापदण्डविपरीत सञ्चालन गरेको कसुरमा ३ लाख रुपैयाँ जरिवाना गरेको गरेको विभागले जनाएको छ  । मूल्य ढाटी लुकाइछिपाइ बिक्री गरेको कसुरमा विभागले हिमाल टेक्नो गियर्स काठमाडौंलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यसैगरी, मकवानपुरको कोसेली गुँदपाक अरनिको हार्डवेयर ट्रेडर्सलाई २ लाख जरिवाना गरेको छ । यसैगरी गत बर्षमा भद्रकाली आयल स्टोर, कागेश्वरी मनोहरा काठमाडौंलाई मापदण्डभन्दा कम परिमाणमा पेट्रोल बिक्रीवितरण गरेको कसुरमा २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x