Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

साउन २६ गते ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरिने

साउन २६ गते ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरिने

काठमाडौं, ७ साउन । नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरिने भएको छ । ‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी साउन २६ गते काठमाडौंमा एक समारोह आयोजना गरी ७ वटै प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गरिने भएको हो ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पुशपंछी विभाग र शिखर नेपालको आयोजनामा सो अर्वाड प्रदान गरिन लागिएको हो । जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेशबाट उत्कृष्ट ५/५ जना कृषकहरुको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको उनले बताए । राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले जानकारी दिए । सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x