Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजार ५.९४ अंकले बढ्यो

सेयर बजार ५.९४ अंकले बढ्यो

काठमाडौं, ७ साउन । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि सेयर कारोबारमा सुधार आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबारमा केही गिरावट आएको भएपनि हिजो २.४८ अंकले र आज ५.९४ अंकले सुधार आएको हो ।

आज १ सय ६९ कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता सेयर खरिद–विक्री हुँदा ३६ कारोड ८९ हजार रुपैयाँभन्दा बढीकोे कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार कृषि विकास बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ४ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत समूहहरुमध्ये ४ समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ७ समूहको उपसूचकमा बृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा होटेल , हाड्रोपावर , उत्पादन तथा प्रशोधन र अन्य रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x