Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रदेश राजधानी बुटवल भएसँगै सुस्ताए नेपालगंजका होटलहरु

प्रदेश राजधानी बुटवल भएसँगै सुस्ताए नेपालगंजका होटलहरु

काठमाडौं, ७ साउन । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल भएसगै मध्यपश्चिम क्षेत्रको ब्यपारीक एव शैक्षिक हव मानिएको नेपालगंजमा होटल ब्यवासयको कारोवार विगतका बर्षहरुको तुलनामा निकै कम हुँदै गएको हो ।

मध्य पश्चिम क्षेत्रको पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका होटल व्यवसायको कारोवार पछिल्लो समयमा झन झन् ओरालो लागेसगै  होटल संचालकहरु चिन्तामा छन् ।

बुटवल राजधानी भएसँगै नेपालगंजमा रहेका अधिकाँश गैर सरकारी संस्थाहरु बुटवल सरेको र नेपालगंजमा रहेर कर्णाली अंचलका जिल्लाहरुका लागि काम गर्दै आएका संघ संस्थाहरु पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने क्रम बढेसँगै नेपालगञ्जको होटल व्यवसायमा प्रत्यक्ष असर परेको नेपालगंज स्नेहा होटलका संचालक असित शमशेर जबरा बुझाइ छ।

होटल स्नेहा नेपालगंज

नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर होटलहरु संचालनमा ल्याइएको भएपनि होटलको संख्या अनुशार पर्यटकको चाप भने पछिल्ला दिनमा घटदो छ ।  

“होटलको संख्या हेर्दा बर्षेनी थपिदै गएको देखिन्छ तर पर्यटको संख्या हेर्यो भने घटदो देखाउछ । मुलुक नयाँ सरचनमा गइसकेपछि नेपालगंजमा पहिले जस्तो होटलमा कार्यक्रम हुने र होटलहरु भरिभराउ हुने अवस्था छैन । त्यो संख्या निकै कम हुँदै गएको छ । राणा थप्छन् । होटोलेको सख्या बढेको छ तर कैलासको सिजन नहुदा होटलहरु आपतमा रहने अवस्था छ । पहिलो जस्तो विजनेश छैन ।

यो अवस्थामा रहि रहने हो होटल ब्यवसायीहरु समस्यामा पर्ने छन् । राणा भन्छन् यो धर्मराउदो अवस्थामा राज्यलाई नेपालगंजलाइ इकोनोमिक जोन भनेर घोषणा गर्नु पर्छ त्यो बनाउन पहल थाल्नु पर्छ भने पाँच नम्बर प्रदेशबाट नेपालगंजलाइ ६ नम्बरमा मिलाउनु पर्ने हुन्छ । प्रदेशको राजधानि वुटवल छ कर्णाली प्रदेशसँगको सम्वन्ध तोडिएको जस्तो छ। यो अवस्थमा राज्यले उचित ध्यान नदिएर हामी वाध्य भएर ६ नम्बर प्रदेशमा मिलाउनु पर्छ भनेर लाडने अवस्था नआओस। यो चाहान होटल ब्यवासयीकोमात्र होइन समग्र बाके बर्दिया बसिकै मनोभावना हो जस्तो हामीलाइ लागेको छ ।

सुनसान देखिएको होटलको लवी

अहिले नेपालगंज होटल ट्रान्जिट जस्तो मात्र भएका छन् । “क्रसब्रडर टुरिजमा हामी ट्रन्जिटमात्र होइन डेस्टिनेशनममा रहने गरी कम्तिमा २ दिनमा राख्न सक्ने बतावरण बनाउनु पर्छ । अर्को तर्फातर्फ होटलले पनि आफ्नो गुणस्तरम अभिवृद्धि गर्नु पर्ने देखिन्छ । त्यसका लागि नेपाल छिर्ने वित्तिकै पर्यटक मैत्री वातवरण निर्माणमा हामी लागि रहेका छौ तर हाम्रो एकल प्रयासले मात्र संभव हुदो रहेन्छ, राणाले भने ।

पर्यटन बर्ष २०२० सफल पार्ने हो भने संघीय सरकार होस या प्रादेशिक सरकारले यसमा ध्यान दिन अतिअवश्यक छ ।

झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x