Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हावाहुरी पीडितलाई सनराईज बैंकको १ लाख ५० हजार सहयोग

हावाहुरी पीडितलाई सनराईज बैंकको १ लाख ५० हजार सहयोग

धनगढी ६ साउन । जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई राहत वितरणका लागि सनराईज बैंकले सोमबार सहयोग गरेको छ । सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख सुरेन्द्र शाही र शाखा प्रवन्धक धर्म बिष्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पीडितका लागि १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उप–महानगर प्रमुख वडले हावाहुरीको घाउमा बैंकले मलम लगाएको बताए । सनराईज बैंक प्रदेश कार्यालय धनगढी प्रमुख शाहीले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएकाले त्यो दायित्वबाट कोही पनि पछाडी हट्न नहुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x