ट्राफिक कारवाहीमा ३१ करोड संकलन

काठमाडौं,१० काठमाडौं । आर्थिक बर्ष२० ७५ । ७६ मा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मात्र सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ । जुन अघिल्लो बर्षमा भन्दा २ करोड बढी हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो ।
महाशाखाले गत आर्थिक बर्ष भरीमा चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाले आव २०७४÷७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो ।