पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयल भन्छ, ‘रअ’का प्रमुखसँग भेटवार्ता भएको छैन

काठमाडौँ,१० साउन । पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख गोयल्सबीच भेटवार्ता भएको सम्बन्धीका समाचारको खण्डन गरेको छ । शाहको सचिवालयले पूर्वराजा शाह र ‘रअ’ प्रमुखबीच कुनै किसिमको भेटघाट नभएकोले भ्रममा नपर्न आग्रह गरेको छ । प्रचारमा ल्याइएका समाचार गलत रहेको भन्दै पूर्वराजाका प्रेस संयोजक डा.फणी पाठकले ‘रअ’ प्रमुखसँग पूवराजाले भेट गरेको भनेर अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका ‘रअ’ प्रमुख गोयल्ससँग पूर्वराजाले शाहले पनि भेट गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।
यता सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर
नेपाल आएको जानकारी नभएको प्रष्ट पारेका छन् । भारतीय गुप्तचरले प्रधामन्त्री
लगायत शीर्ष नेताहरूलाई भेटेको भन्ने विषयमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै
मन्त्री बाँस्कोटाले सो कुरा थाहा नभएको
बताएका हुन् । ‘भारतीय गुप्चर आएको
हामीलाई थाहा छैन,’ उनले भनेÞ–‘ ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा
भेटघाट भएको हुनुपर्छ ।’ गत आइतबार भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल
नेपाल आएको र शेर वाहादुर देउवा रामचन्द्र पौडेल र पुष्प कमल दाहाल प्रचण्ड
लगायत उच्च पदस्त नेताहरुलाई भेटेको
समाचार बाहिर आएको छ । भेटलाइ कति पय नेताले अस्विकार गरेपनि प्रचण्डको सचिवालयले
भने गोयलसँगको भेट स्वीकार गरेको छ ।