तंग्रिदै तातोपानी नाका -सीमाक्षेत्रमा व्यापारिक चहल पहल बढ्दाे

काठमाडौं,१० साउन । नेपाल-चीन बीचको प्रमुख भन्सार नाका तातोपानी नाका संचालनमा आएसँगै ब्यापारीक चहल पहल बढेको छ । भुकम्पका कारण ४ बर्ष रोकिएको नाका एक महिना अघिबाट मात्र सचालनमा आएको थियो ।
नाका संचालनमा आएपछि होटल र खुद्रा व्यापारी समेत बढ्दै गएका छन्। एक महिनामा मात्र ५३ लाख राजस्व संकलन भएको छ। नेपालबाट सामान लिनको लागि भएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ। चीनबाट आएका ठूला माहबहाक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर माल समान परिक्षण हुने गरेको छ । नाका सञ्चालनमा आएपछि सीमाक्षेत्रमा विस्तारै चलह-पलह बढ्दै गएको छ।
भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजस्व संकलन हुने गरेका थियो। नाकामा व्यापार बढ्पछि राजस्व संकलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ।