Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

उन्नति र सहकार्य लघुवित्त मर्ज हुने, पुसभित्र एकिकृत कारोबार

उन्नति र सहकार्य लघुवित्त मर्ज हुने, पुसभित्र एकिकृत कारोबार

काठमाडौं १० साउन । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको संचालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन् ।
रुपन्देही जिल्लामा केन्द्रिय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रिय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।

हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ । अबका दिनमा उन्नतिले १ः १ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x