Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एनएमबि म्युचुअल फन्डका लगानीकर्तालाई १५ प्रतिशत प्रतिफल

एनएमबि म्युचुअल फन्डका लगानीकर्तालाई १५ प्रतिशत प्रतिफल

काठमाडौं, १२ साउन । एनएमबि म्युचुअल फन्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ का इकाईधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश पाउने भएका छन् । त्यस्तै, एनएमबि हाइब्रिड फन्ड एल–१ का इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने कम्पनीले जानकारी दिएको छ।

सुलभ इन्भेष्टमेन्ट फन्ड – १ को आँउदो कात्तिक ३ गते पश्चात योजनाको लगानीमा रहेको सम्पतिहरु, पुँजी तथा नाफालाई एकैसाथ लगानीकर्ताहरुलाई भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै हाइब्रिड फन्ड एल १ को भने आगामी दिनहरुमा इकाईधनीहरुलाई प्रतिफल दिदैं जाने जनाएको छ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गतको तेस्रो म्युचुअल फन्ड ‘एनएमबि ५०’ ले पनि आगामी दिनमा उच्च प्रतिफल हाँसिल गर्ने योजनामा प्रतिवद्ध रहेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *