नेपाल–भारत व्यापार विस्तारको आधार जलमार्ग : प्रधानमन्त्री ओली
काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशको व्यापार विस्तारमा थप टेवा पुग्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–भारत लिजिष्टक समिटको आइतबार उद्घाटन गर्दै ओलीले नेपाल–भारत व्यापार विस्तार सन्तुलनको आधार जलमार्ग भएको बताएका हुन् ।
जलमार्गले दुई देशको व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । त्यस्तै कार्यक्रममा ओलीले काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापार सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधैँ तयार रहेको जनाए । त्यस्ता विषयहरूमा दुवै देशले छलफल गरेर अघि बढ्नु पर्ने उनको भनाई छ ।
त्यसैगरी उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल सरकार र भारत सरकारले बोडरलाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन । उनले नेपालबाट भारत जाने माल सामान र भारतबाट नेपाल आउँने माल सामानलाई व्यवस्थित तवरले ओसार पसार गर्र्न बोडरलाई व्यवस्थापन गर्नु पर्ने बताइन् ।