Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निजी क्षेत्रका उद्योग र आयोजनासँग सुरक्षा कर लिन गृहको प्रस्ताव

निजी क्षेत्रका उद्योग र आयोजनासँग सुरक्षा कर लिन गृहको प्रस्ताव

काठमाडौं,१३ साउन। गृहमन्त्रालयले निजी क्षेत्रका उद्योग र आयोजनासँग सुरक्षा कर लिनुपर्ने प्रस्ताव अघि सारेको छ । करको दायरा बढाएको भनेर सरकारको आलोचना भइरहेको बेला गृह सचिवल राईले ‘सुरक्षा कर’ लिने व्यवस्था कानूनमा राख्न संसदीय समितिमा प्रस्ताव गरेका हुन । राज्य व्यवस्था समितिमा विचराधिन रहेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै गृहसचिव राईले निजी क्षेत्रलाई सुरक्षा कर लगाउनुपर्ने बताए ।

नाफा निजी क्षेत्रले मात्र लिने गरेको भन्दै अब उनीहरूबाट सुरक्षा कर लिनुपर्ने बताए । सरकारले उद्योग व्यवसायलाई सुरक्षाको ग्यारेन्टी दिएपछि  करपनि लिनु पर्छ राइले समिति समक्ष भने । ‘विभिन्न हाइड्रोले सुरक्षा माग गरिरहेको अवस्था छ । नाफा निजी क्षेत्रले लिन्छ, सरकारलाई दिँदैन,’ गृहसचिव राईले भने, ‘डीपीआर गर्दा सुरक्षा कर लिने गरी नीतिगत ब्यवस्था गरौ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x