Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रदेश २ मा कृषि तथा पशुपंक्षी तर्फ तीन अर्ब बढीको क्षति

प्रदेश २ मा कृषि तथा पशुपंक्षी तर्फ तीन अर्ब बढीको क्षति

काठमाडौं,१३ साउन ।  गत अन्तिम साता आएको बाढी र डुबानका कारण प्रदेश २ मा कृषि तथा पशुपंक्षी व्यवसायमा तर्फ साढे तीन अर्ब भन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर  र पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा बराबर क्षती पुगेको छ । यो प्राराम्भिक तथ्याङ्क भएको यसमा थप बढन सक्ने मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।  

यस्तै पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ । बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x