Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारमा बियरिस ट्रेन्ड, विहिबार १०.८३ अंकको गिरावट

शेयर बजारमा बियरिस ट्रेन्ड, विहिबार १०.८३ अंकको गिरावट

काठमाडौं, १३ पोष । शेयर बजारले अहिले बियरिस ट्रेन्ड देखिएको छ । यस साताभर चार दिन शेयर कारोबार भएकोमा सबै दिन शेयर बजारमा नकारात्मक असर परेको छ ।

यस साता तिन दिन लगातार दोहोरो अंकले घटेको छ । आज विहिबार शेयर बजार १०.८३ अंकले घटेर १४१४.६८ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा विहिबार शेयर बजार ५३ अंकले घटेको छ भने गत विहिबारको तुलनामा यस साताको विहिबारसम्ममा शेयर बजार ५७.४७ अंकले ओरालो लागेको छ । यसरी शेयर बजारको निरन्तर गिरावटलाई हेर्ने हो भने शेयर बजारले बियरिस ट्रेन्डको प्रवृति देखाएको भन्न सकिन्छ ।

खास गरि मुलुकको राजनितीक घटनाक्रममा केहि नयाँ आशा नेदेखिएकोले पनि शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । यस्तै बैंक वित्तीय संस्थाहरुको पुँजी वृद्धि र मुनाफा आर्जनमा आएको कमीले शेयर बजारमा लगानीकर्ताहरुको आकर्षणमा कमी ल्याएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावका कारण कर्जा संकटको अवस्थाले पनि शेयर बजारमा लगानीकर्ताहरुको उत्साह नदेखिएको हो । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुले गरेको लाभांश घोषणा र हकप्रद शेयर निष्कासनको कारण भएको बुक क्लोज र मुल्य समायोजनले समेत शेयर बजार घटाउन उर्जा थपेको छ । साथै पारित बोनस शेयर र हकप्रद शेयरहरुको सुचिकरणले शेयरको आपुर्ति बढाएको छ तर माग भने बढ्न सकेको छैन । यसरी आपुर्ति र मागको असन्तुलनको कारण पनि शेयर बजारमा बियरिस ट्रेन्ड हाबी हुन पुगेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x