Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

३३ प्रतिशत बोनस पछि एभेष्ट बैंकको भयो मुल्य समायोजन

३३ प्रतिशत बोनस पछि एभेष्ट बैंकको भयो मुल्य समायोजन

काठमाडौं, १३ पौष । ३३ प्रतिशत बोनस शेयर दिने भएपछि एभरेष्ट बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको प्रति शेयर ८१६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ११७४ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकले पौष २८ गते २३औं वार्षिक साधारण सभाका लागि बोलाएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई ३३ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.७४ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले पौष १३ देखी २० गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x