Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सवारी प्रवेशमा कडाईपछि शान्त बन्दै ठमेल, तत्काल पार्किङ्गको व्यवस्था गर्न स्थानीयको माग

सवारी प्रवेशमा कडाईपछि शान्त बन्दै ठमेल, तत्काल पार्किङ्गको व्यवस्था  गर्न स्थानीयको माग

काठमाण्डौ, १३ पुस । पर्यटकीय नगरि ठमेलमा अत्यावश्यक बाहेकका अन्य सवारी साधन प्रवेशमा रोक लगाईएको दुई महिना वितेको छ । वायु, ध्वानि प्रदुषण नियन्त्रण गर्नुका साथै आन्तरिक तथा वाह्य पर्यटकको चापलाई मध्यनजर गरि महानगरि ट्राफिक प्रहरी मशाखा र ठमेल पर्यटन विकास परिषद्ले गत कात्तिक पाँच गते देखि सवारी साधन प्रवेशमा रोक लगाइएको थियो ।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन विभिन्न ठाँउमा संकेतमुलक होडिङ्ग वोर्डका साथै नियम उल्लंघ गरि प्रवेश गर्नेलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यस निर्णय कार्यान्वयन गरेसँगै ठमेल शान्त र केही व्यवस्थित बन्दै गएको स्वयंम त्यहाँका घरधनी र व्यवसायीहरु नै बताउछन् । तर पार्किङको व्यवस्था नगरि निर्णय कार्यान्व्यन गर्दा समस्या भने हुने गरेको छ । स्थानीय व्यावसायी अन्जन सापकोटाले ठमेललाई सवारीमुक्त गर्नु सबै दृष्टिले राम्रो भएता पनि पार्किङ मुख्य समस्या रहेको वताए । उनले निश्चित समय तोकेर गाडी ल्याउन लैजान दिए सामान ल्याउन र लैजान सहज हुने बताए ।

त्यस्तै अर्का ब्यावसायी पिस हिमालयन ट्राभलसका सुनिल लामाले ठमेलका व्यवसायी, घरधनी र आन्तरिक पर्यटकलाई प्रत्यक्ष असर परेता पनि वाह्य पयर्टकलाई यस निर्णयले निकै ठुलो राहत मिलेको बताए । शान्त वातावरण, धुलो मैलो कम भएका कारण पर्यटक अझ वढ्ने भन्दै उनले पनि पार्किङको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे ।

ठमेलमा कार्यान्वयन गरिएको निर्णयले सकारात्मक प्रभाव परेको भन्दै महाशाखाले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा अर्को धार्मिक पर्यटकीय क्षेत्र पशुपतिमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x