Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

विदेशी विनिमय अपचलन गरेको आरोपमा काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार विरुद्ध मुद्धा

विदेशी विनिमय अपचलन गरेको आरोपमा काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार विरुद्ध मुद्धा

काठमाडौं,१६ साउन । राजश्व अनुसन्धान विभागले काठमाडौँ भ्यूटावर निर्माण एव संचालनको ठेक्का लिएका विरुद्ध विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।  विभागले सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका मनोजकुमार भेटवाल विरुद्ध हुण्डीमार्फत करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौँमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ्ग प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमर्फत रकम ल्याएको अनुसन्धानबाट देखाएको छ  । प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्र्याइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम रु चार करोड २७ हजारको रु चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *