Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सरकारी निकायको फरक-फरक तथ्याङ्क, बैदेशिक लगानी बढ्यो की घट्यो !

सरकारी निकायको फरक-फरक तथ्याङ्क, बैदेशिक लगानी बढ्यो की घट्यो !

काठमाडौं,१६ साउन । गत आर्थिक बर्षमा बैदेशिक लगानी के कति भित्रियो भन्ने विषयमा सरकारी निकायको तथ्याङ्क फरक फरक रहेको छ । उद्योग विभागको तथ्याङ्कलाई हेर्दा गत आर्थिक बर्ष बैदेशिक लगानी अघिल्लो आर्थिक बर्ष भन्दा आधाले घटेको देखाएको छ भने अर्कातर्फ राष्ट्र बैंकको विनिमय विभाग भने बढेको देखाएको छ ।

राष्ट्र बैंक वैदेशिक विनीमय विभागको तथ्यांकले आर्थिक वर्ष २०७५/७६ नेपालमा अहिलेसम्मकै उच्च वैदेशिक लगानी आएको देखाउँछ। यो आर्थिक वर्षमा वैदेशिक लगानीको करिब ३२ अर्ब रुपैयाँ आएको छ। विदेश विनिमय व्यवस्थापन विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा ३१ अर्ब ९७ करोड २७ लाख रुपैयाँ आएको छ। यसमध्ये असार महिनामा जम्मा दुई अर्ब ६५ करोड १२ लाख रुपैयाँ भएको छ।  तर नेपाल राष्ट्र बैंककै अनुसन्धान विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा नेपालमा वैदेशिक लगानी झण्डै ११ अर्ब रूपैयाँ आप्रवाह भएको छ। यसले वैदेशिक लगानी आप्रवाह अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेको देखाएको छ ।

उद्योग विभागको तथ्यांकलाई हेर्दा विदेशी लगानी अनुमति अघिल्लो वर्षभन्दा गत वर्षभन्दा आधा घटेको छ। विभागका अनुसार विदेशी लगानीकर्ताले आव ०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ लगानी  गर्न अनुमति लिएकोमा गत आव ०७५/७६ मा जम्मा २३ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्न स्वीकृति लिएका छन्। अघिल्लो वर्षको तुलनामा यो ३१ अर्ब ८२ करोड रुपैयाँ कम हो। गत वर्ष सबैभन्दा धेरै पर्यटन क्षेत्रमा लगानी स्वीकृत भएको छ। पर्यटनमा विदेशीले १० अर्ब १८ करोड रुपैयाँ लगानी गर्न अनुमति लिएका छन्। त्यसैगरी कृषि तथा वनजन्य उद्योगमा ४० करोेड तीस लाख, सूचना प्रीवधि क्षेत्रमा ६४ करोड ९४ लाख, मेनुफ्याक्चरिङ उद्योगमा ६ अर्ब २८ करोड, सेवा क्षेत्रमा ६ अर्ब ४० करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x