देवः विकास बैंकद्वारा विद्यार्थीलाई व्याग प्रदान
काठमाडौं, १६ साउन । देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित श्री पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत खजुरा शाखा कार्यालयको सहयता प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेश राज जोशीले व्याग वितरण गरेका हुन । बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।