Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च सात अर्व ७१ करोड

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च सात अर्व ७१ करोड

धनगढी, १६ साउन । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷०७६ मा भएको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्ष भौतिक पूर्वाधार मन्त्रालयलाई १० अर्ब चार करोड रुपैयाँ बजेट प्राप्त भएकोमा सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ७६.७८ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको सचिव इन्द्रदेव भट्टले बताए । उनका अनुसार सुरुमा प्राप्त बजेटमध्ये एक अर्ब ७१ करोड रुपैयाँ बजेट केन्द्रमै फिर्ता गएको थियो । खुटिया दिपायल सडक, नयाँ शहर योजना लगायतका केही आयोजनालाई सङ्घीय सरकारले केन्द्रमै तानेपछि त्यसका लागि मन्त्रालयलाई प्राप्त भएको बजेट पनि फिर्ता गएको सचिव भट्टले बताए ।
गत आर्थिक वर्षमा उक्त मन्त्रालयले उर्जा र जलविद्युतको सम्भाव्यता अध्ययन गरेको छ । सुर्नया, ठूलीगाड, नौगाड र दह खोला गरी चार वटा विद्युत आयोजनाको सम्भाव्यता अध्ययन भएको र त्यसमा १० देखि २० मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने सम्भावना देखिएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, महाकाली, सेती र कर्णाली नदीमा जलयातायातको सम्भाव्यता अध्ययन, प्रदेश लोकमार्ग विधेयक स्वीकृत, मन्त्रालयका लागि गाडी खरिद र मन्त्रालयको पूर्वाधार मर्मत कार्यलाई पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षको उपलब्धिको रुपमा लिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश बस सेवा सञ्चालनका लागि २३ करोड रुपैया बजेट रहे पनि बस खरिद गर्न नसकेको मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, प्रदेश बसको मोडेलको अध्ययन भएको जनाइएको छ । यसैगरी, ३४८ किलोमिटर सडकको अध्ययन र डीपीआर गरेकोे छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा २८ वटा कार्यालयहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x