अनुदानमा सामान दिएर व्यापार बढाउने विदेशी योजनालाई नीति बनाएर समाधान गरिन्छः अर्थमन्त्री खतिवडा

काठमाडौं, १६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट अनुदानमा आउने सामानलाई नीति मार्फत व्यवस्थित गर्ने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको दुई दिने ‘भन्सार व्यवस्थापन गोष्ठी’को उद्घाटन गर्दै मन्त्री खतिवडाले अनुदानमा सामान दिई विदेशीले आफ्नो व्यपारलाई बढाउने परिपाटी अन्त्य गर्ने बताएका हुन् ।

नेपालमा अनुदानको रुपमा विदेशमा विक्री नभएका सामाग्रीहरु आउने र उनीहरुको व्यवसायमा बृद्धि हुने भन्दै उनले यसलाई व्यवस्थापन गर्न आवश्यक रहेकोले नीतिगत रुपमै यसको समाधान खोजिने बताए । त्यस्तै उनले व्यापारमा हुने चोरी पैठारीलाई रोक्न भन्सार विभागले खुल्ला सिमानामा निगरानीका लागि डिजिटल प्रविधिको सहयोग लिनु पर्ने सुझाव दिए । यसले भन्सारबाट राजस्व छलि कम भई राजस्व संकलन बृद्धिमा सहयोग पुग्ने उनको आकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *