Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

काठमाडौं, १६ साउन । एनआईसी एशिया बैंक र ‘सेल पे’ सर्भिसबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ‘सेल पे’का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै बैंकका ग्राहाकहरुले ‘सेल पे’मार्फत् आफ्नो खाता प्रयोग गरी बिजुली, खानेपानी, इन्टरनेट, टिभी, स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न सक्ने र अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सक्ने बैंकले जनाएको छ । ‘सेल पे’मा ग्राहकहरुले बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले मुलुकभरबाट २ सय ९५ शाखा कार्यालय, ३ सय १९ एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x