Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

यतीले भर्याे भैरहवा–पोखरा हवाई उडान

यतीले भर्याे भैरहवा–पोखरा हवाई उडान

भैरहवा, १७ साउन । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले भैरहवा–पोखरा हवाई उडान सुरु गरेको छ । बिहीबार पोखराबाट १४ यात्रु ल्याएर आएको यतीले भैरहवाबाट पनि १४ यात्रु नै लिएर पोखरा उडान गरेको हो । यो भन्दा पहिले करिब २ बर्षदेखि निजी बिमानसेवा कम्पनी बुद्ध एअरले पनि दैनिक उडान गर्दै आएको छ । यतीको सेवा सुरुवात भएसँगै भैरहवा–पोखरा अब दैनिक दुई उडान हुने छन् ।

लुम्बिनी र पर्यटकीय नगरी पोखरालाई सहज हवाईमार्गले जोड्ने सेवा सुरु गरिएको यती एअर भैरहवा शाखा व्यवस्थापक बाँसुकी राणाले बताए । यसअघि लुम्बिनी क्षेत्र र पोखराका पर्यटन ब्यबसायीहरूको दुई पर्यटकीय गन्तव्यलाई जोड्न यतीलाई आग्रह गर्दै आएका थिए । स्थलमार्ग भैरहवा नाका हुँदै आउने भारतीय पर्यटकहरूको मुख्य गन्तब्य लुम्बिनी हुँदै पोखरा र मुक्तिनाथ हो । त्यसैले पनि स्थलमार्गबाट आउने बिदेशी तथा भारतीय पर्यटकलाई सिधै पोखरा पुग्न हवाईमार्गले थप सहज हुनेछ । ३१ सिट क्षमताको उक्त जहाजको भाडा २७ सय देखि ४३ सय रुपैयाँसम्म तोकिएको व्यवस्थापक राणाले जानकारी दिए ।

यो सेक्टरमा हवाई उडान सुरू भएपछि पोखराबाट लुम्बिनी आउन चाहने स्वदेशी, बिदेशी तथा लुम्बिनी घुमेर पोखरा जान चाहने स्वदेशी, बिदेशी पर्यटकलाई फाईदा हुने र समयको पनि बचत हुने पर्यटन व्यवसायीहरुको बुझाई छ । स्थलमार्गको बेलहिया हुँदै नेपाल प्रवेश गर्ने र पोखरा मुक्तिनाथको यात्रा गर्न चाहने भारतीय पर्यटकलाई समेत हवाई यात्राले छिटो, छरितो र सहज बनाइदिएको व्यवसायीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x