
काठमाडौं,२० साउन । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारीलाइ तिव्रता दिएको छ । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” भन्ने मूल भाव सहित आयोजना गर्न लागेको बताएको छ। सम्मेलनको बारेमा जानकारी दिन पत्रकार संम्मेलनको आयोजना गरि परिसंघले लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने बताए ।
दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ । सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो विशेष अतिथिका रुपमा रहनु हुनेछ भने मित्रराष्ट्र भारतबाट समेत वरिष्ठ मन्त्रीज्यहरु र लगानीकर्तालाई आमन्त्रण गरिएको छ । यसै गरी सातै प्रदेशहरुमा मूख्यमन्त्रीहरु, नेपाल सरकारका सम्बन्धित एवं प्रदेशका मन्त्रीज्यूहरु, विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुका साथै विकास साझेदार संस्थाहरु विश्व बैँक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लु डब्लु एफ आदिले समेत सो सम्मेलनमा भाग लिने छन् ।
Leave a Reply