चार किलो सुनसहित चिनिया नागरिक पक्राउ

काठमाडौं २० साउन । चार किलो सुनसहित एक जना चिनिया नागरिक पक्राउ परेका छन् । ड्रयागन एयरको विमानमार्फत नेपाल आएका ली निङ्ग्सीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। समान चेकजाँचको क्रममा चिनियाँ नागरिक ली निङ्ग्सी आइतबार मध्यरातमा विमानस्थलबाट पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।