Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल उद्यमशीलता सम्मेलन साउन २७ देखि

नेपाल उद्यमशीलता सम्मेलन साउन २७ देखि

काठमाडौं, २० साउन । साउन २७ र २८ गते काठमाडौंमा नेपाल उद्यमशीलता सम्मेलन हुने भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजनामा दुई दिने सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा देशभरका पाँच सय युवा उद्यमीहरु सहभागि हुने छन् । उद्यमशीलताका नविनतम अवसरको खोजी, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र लगानीका लागि प्रयाप्त पुँजी नभएकाहरुलाई लगानीकर्ताहरुसँग छलफल अवसर प्रदान गर्ने बताइएको छ ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्मेलनले ७७ वटै जिल्लाका युवाहरु माझ सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x