गत वर्ष कुमारी बैंकको नाफा २८ प्रतिशतले बढ्यो
काठमाडौं, २० साउन । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५–०७६ मा खुद नाफा २८.०४ प्रतिशतले बढेको छ। यो अवधीमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ४८.५५ प्रतिशत र सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढाएर क्रमश ३ अर्ब १ करोड रुपैयाँ र १ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा पुगेको छ ।
त्यस्तै बैंकले सो अवधीमा ७३ अर्व २० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरि ७३ अर्व १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।