राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि जारी गर्न लागेको विल भोली जारी हुनेछ । त्यसका लागि आज अपरान्ह ३ बजे बोलकबोल हुनेछ ।
ट्रेजरी २०७६ साल कात्तिक १९ गते परिपक्व हुनेछ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्थाहश्र, संगठित संस्था एवं सर्वसाधारण नागरिकले पनि ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् ।