Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन तोलाको ६७ हजार ८ सय, भाउ बढ्दा कारोबारमा ठुलो गिरावट

सुन तोलाको ६७ हजार ८ सय, भाउ बढ्दा कारोबारमा ठुलो गिरावट

काठमाडौं, २० साउन । स्थानीय बजारमा सुनको भाउ हाल सम्मकै महंगो भएको छ। आज प्रतितोला १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मूल्य बढेपनि कारोबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । मूल्य उच्च हुँदा कारोबारमा कमि आएको उनले बताए ।

विशेषगरि चीन र अमेरिकाबीचको व्यापार टकरावका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा बृद्धि आएको र त्यसको प्रभाव नेपाली बजारमा पनि परेको जानकारहरु बताउछन् । अन्र्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १४ सय ५३ डलर छ । व्यवसायीहरुले भाउ अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x