Shangrila

थपिए करदाता- करको दायरामा आउनेको संख्या २२ लाख पुग्यो

काठमाडौं,२१ साउन ।  गत आर्थिक बर्ष २०७५।०७६ मा झण्डै ४ लाख नयाँ करदाता थपिएका छन् । आन्तरिक राजश्व विभागकाअनुशार गत आर्थिक वर्षमा ३ लाख ८४ हजार १ सय ६२ जना नयाँ करदाता थपिएका छन् । यस सगै करको दारायमा आउनेको संख्या २२ लाख बढी पुगेको छ ।

त्यसै गरी गएको आर्थिक वर्षमा मात्र कर परिक्षणबाट ५० अर्व ८१ करोड र विभिन्न अनुसन्धानबाबट १० अर्व १ करोड गरी ६० अर्व ८२ करोड रुपैयाँ कर निर्धारण गरिएको छ । आन्तरिक राजश्व विभागले कर निर्धारणबाट आयकर र मृल्य अभिबृद्धि कर तर्फ ७ अर्व ६ करोड रुपैयाँ बक्यौता बाँकी रहेको र  हिसाव मिलानबाट ६८ अर्व ८४ करोड रुपैयाँ गरी ७५ अर्व रुपैयाँ असुल भएको  जनाएको छ । यस्तै गत वर्ष ४ अर्ब १० करोड रुपैयाँ कर फिर्ता भएको छ । 

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *