Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि ऋण माग भएको हप्ता दिन भित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

कृषि ऋण माग भएको हप्ता दिन भित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं,२१ साउन । नेपाल राष्ट्र बैकले कृषि क्षेत्रका लागि ऋण प्रवाह गर्न बाणिज्य बैंक लगायतका वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले एक सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसै गरी कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क नलिन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको समय भित्र ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हो ग्राहकलाई जानकारी दिन पनि बैंकले निर्देशन दिएको छ । यस्तै कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र त्यसैगरी राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कृषिमा कूल कर्जाको एकतिहाइै कर्जा लगानी गर्नैपर्ने निर्देशन जारी गरेको छ । कूल कर्जाको एक तिहाई कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसो नभएमा नपुग रकममा २०७७ सालको असार मसान्तदेखि लघुवित्त संस्थाले गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना तिराइने राष्ट्र बैंकले जनाएको छ । गत साउन ८ गते सार्वजनिक चालु आर्थिक बर्षको मौद्रिक नीतिले नै लघुवित्त संस्थाले एक तिहाइ कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x