Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सिईओलाई उमेर हद, ६५ नाघेका सिईओ र ७० नाघेका सञ्चालक हुनबाट बञ्चित

बैंक तथा वित्तीय संस्थाका सञ्चालक  र सिईओलाई उमेर हद, ६५ नाघेका सिईओ र ७० नाघेका सञ्चालक हुनबाट बञ्चित

काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई उमेर हद लगाएको छ। राष्ट्र बैंकले हिजो एकीकृत निर्देशन, २०७५ लाई संशोधन गर्दै ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको सिईओ नियुक्त हुन नपाउने र ६९ वर्ष नाघेकाले स्वतः पदबाट अवकास हुने व्यवस्था गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाको सिईओ हुन उमेर हद तोकिएको थिएन । त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई पनि उमेर हद लगाएको छ । निर्देशन अनुसार अब ७० वर्ष पुगेका व्यक्ति सञ्चालकमा नियुक्त तथा मनोनित हुन पाउने छैनन् । साथै, ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल नहुने नीति राष्ट्र बैंकले ल्याएको छ ।

बढी उमेर भएका व्यक्तिलाई बैंकको नेतृत्व लिन कठिनाइ हुने भएकाले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो स्वभाविक भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x