फेरि दाता सम्मेलनको तयारी गर्दै पुनर्निर्माण प्राधिकरण
काठमाडौं, १४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फेरि दाता सम्मेलनको तयारी गरेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष पुनर्निर्माणका लागि साढे ३ खर्ब रुपैयाँ अपुग हुने भन्दै दाता सम्मेलनको तयारी गरिरहेको बताए ।
बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा रकम अभाव नहुने तर अर्को वर्ष अभाव हुने भएकाले दाता सम्मेलन गर्नुपरेको पनि बताए ।
पहिलो दाता सम्मेलनमा ४ खर्ब रुपैयाँभन्दा बढी रकम सहयोग जुटेको भए प्राधिकरणले हालसम्म ७२ अर्ब रुपैयाँमात्र खर्च गरेको छ । प्राधिकरणको ऐन पुननिर्माणमैत्री नहुँदा काममा ढिलाइ भएको उनको दाबी छ ।