७३० स्थानिय तहमा पुग्यो बैकको शाखा
काठमाडौं, २२ साउन । नेपालको कुल ७५३ स्थानिय तहमध्ये ७३० तहहरुमा बाणिज्य बैंकको शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठ महिनासम्ममा उक्त संख्याका तहरुमा बैंकका शाखा पुगेका हुन् ।
तथ्यांक अनुसार प्रदेश नम्बर १ को धेरै स्थानिय तहमा बैकको शाखा पुगेको छ । सो प्रदेशको १३७ स्थानिय तहमा १३७ वटा बाणिज्य बैंकका शाखा खुलेको छन् । त्यस्तै, प्रदेश नम्बर २ को १३४ वटा स्थानिय तहमा १३६ वटा शाखा खुलेका छन् । प्रदेश नम्बर ३ को ११७ स्थानिय तहमा ११९ वटा बाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नम्बर ५ को १०९ स्थानिय तहमा १०९ वटा शाखा छन् । सुदुर पश्चिमको ८२ वटा स्थानिय तहमा ८८ वटा शाखा खुलेका छन भने कर्णाली प्रदेशको ६९ वटा स्थानिय तहमा ७९ वटा शाखा खुलेका छन् ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १७६ रहेको छ । जसमध्ये २८ वटा बाणिज्य बैंक, ३२ वटा विकास बैंक, २४ वटा वित्त कम्पनी, ९१ वटा वित्तीय संस्थ र एक वटा पूर्वाधार विकास बैंक छ ।
केन्द्रिय बैंकको तथ्यांक अनुसार सो अवधिसम्मा बैक तथा वित्तीय संस्थाहरुको शाखा ८ हजार ५६४ पुगेको छ । गत आवको असारमसान्तसमम्मा भने बैंकहरुको ६ हजार ६५१ वटा शाखा सञ्चालनमा थिए ।
तथ्यांक अनुसार गत जेठ महिनासम्ममा बाणिज्य बैंकको शाखा संख्या ३ हजार ५३९ पुगेको छ । विकास बैंकको १ हजार २५० पुगेको छ । वित्त कम्पनीको २०५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ५७० पुगेका छ ।