Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अध्यादेश जारी

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अध्यादेश जारी

काठमाडौं, १४ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा अध्यादेश जारी गरेकी छिन्। कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण अड्किएर रहेको अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन ।

अध्यादेश जारी गर्ने बारे उनले आजै बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेकी थिइन् भने हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन ।

सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपतिले परामर्शका लागि भन्दै अहिलेसम्म रोकेर राखेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न सकेको थिएन। अब आयोगलाई बाटो खुलेको छ।

एमालेले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीमार्फत गर्ने प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै विधेयक जारी नगर्न दबाब बढाएको थियो। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस, मधेसकेन्द्रित दल र विभिन्न कानुन व्यवसायीले अध्यादेश रोक्नुमा नहुने बताउदै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x