Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्वत र गुल्मीमा सन्राइज बैंकको थप दुई शाखा संचालन

पर्वत र गुल्मीमा सन्राइज बैंकको थप दुई शाखा संचालन

काठमाडौं, २६ साउन । सन्राइज बैंकले पर्वत र गुल्मीमा शाखा कार्यालय थप गरेको छ। आज पर्वतको कुश्मा शाखाको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरेका हुन ।

त्यस्तै गुल्मी स्थित तम्घास शाखाको रेशुङ्गा नगरपालिकाका प्रमुख डिल्लाीराज भुसाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन । आजै ललितपुरको सानागाउँमा एक्सटेन्सन काउन्टर पनि संचालनमा ल्याएको जानकारी दिइएको छ।

यो सँगै बैंकको कुल शाखा संख्या एक सय १९ पुगेको छ। ३८ वटा शाखा रहित बैंकिङ्ग,६ वटा एक्सटेन्सन काउन्टर र एक सय ३७ वटा एटिएम मार्फत पाँच लाख बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x