राष्ट्र बैंकले आज १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आज १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ।
बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिनेका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।