Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गत वर्ष साना किसान लघुवित्तको नाफामा २४.९२ प्रतिशतले बृद्धि

गत वर्ष साना किसान लघुवित्तको नाफामा २४.९२ प्रतिशतले बृद्धि

काठमाडौं, २८ साउन । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷७६मा ४९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९२ प्रतिशतले धेरै हो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा बृद्धि भएको छ । खुद व्याज आम्दानीमा २२.३५ प्रतिशत र सञ्चालन नाफामा २४.९९ प्रतिशतले बृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै कम्पनीको रिजर्भ फन्डमा १ अर्ब ६७ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ ।

खराब कर्जा ०.०८ प्रतिशत र कस्ट अफ फन्ड ५.९० प्रतिशत रहेको उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x