Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

गतआर्थिक बर्षमा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर

गतआर्थिक बर्षमा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं, २८ साउन । गत आर्थिक बर्ष २०७५/०७६ मा देशमा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको छ । अर्थ मन्त्रालयले गतबर्ष ७ दशमलव ०५ प्रतिशत आर्थिक बृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ। गत आवको बजेटमा  सरकारले  ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको थियो । १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेकोमा त्यसलाई संशोधन गरी बजेटको आकार १२ खर्ब ८ अर्बमा झारियो भने १० खर्ब ९४ अर्ब मात्र बजेट खर्च भएको छ ।

नियमित विद्यूत आपूर्ति, पर्यटकको आगमन वृद्धि, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा प्रगतिजस्ता कारणले आर्थिक वृद्धिका लागि भूमिका खेलेको छ । देशभित्र वैदेशिक लगानीको वातावरण बन्नु र युवाहरु स्वरोजगारतर्फ आकषिर्त भएका कारणले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको मन्त्रालयले विश्लेषण गरेको छ । विद्युतको नियमित आपूर्तिले पेट्रोलियम पदार्थको आयात कम भएको छ ।

यस अघि आव २०७३/७४ मा सबैभन्दा धेरै ७.७४ प्रतिशत आर्थिक वृद्धि भएको थियो भने आव २०७४/७५ को आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x