Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको हप्ता नहुँदै सचिव सरुवा, बाणिज्य तथा आपुर्तिमा अर्याल

मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको  हप्ता नहुँदै सचिव सरुवा,  बाणिज्य तथा आपुर्तिमा अर्याल

काठमाडौं,४ भदौ । मन्त्रीहरुले सचिवहरुसँग चालु आर्थिक बर्षका लागि कार्य सम्पादन करार गरेको एक हप्ता पनि वित्न नपाउँदै सरकारले दर्जन बढी सचिवहरुको सरुवा गरेको छ । कामकारबाही प्रभावकारी बनाउने भन्दै कार्यसम्पादन सम्झौता गरेपनि सम्झौता गरिएका सचिवहरुको सरुवाले सरकार अपरिपक्ता देखाएको प्रशासन मामिलाका जानकारहरु बताउछन् । सरकारले भने यसलाइ नियमित प्रक्रियाको रुपमा अर्थाएको छ।   

यसरी सरुवा हुने सचिवहरुमा बैकुण्ठ अर्याल वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति तीर्थ ढकाल प्रदेश ५ बाट वित्त आयोगमा सरुवा भएका छन्। वाणिज्य सचिव केदार अधिकारीलाइ पर्यटनमा लगिएको छ। यस्तै प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश ३ का प्रमुख सचिव तीर्थराज ढकाललाई काठमाडौं विभिन्न आयोग र मन्त्रालयमा सरवा गरिए को छ ।स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ। महालेखा नियन्त्रण कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ भने उनको ठाउमा गोपिनाथ मैनालीलाई सरुवा गरिएको छ । सरुवा गरिएका केही सचिवले मंगलबार साँझ नै चिठी बुझेका छन्।  गृहसचिव प्रेम राई, सञ्चार सचिव महेन्द्र गुरुङ, वन सचिव विश्वनाथ ओली, संघीय मामिला सचिव यादव कोइराला, अख्यितार सचिव महेश्वर न्यौपाने, सहरी विकास सचिव मधुसूदन अधिकारी, कानुन सचिव राजिव गौतमको भने सरुवा भएको छैन।

को सचिव कहा सरूवा भए ?

गोपी मैनाली (भूमि व्यवस्था तथा गरिवी)बाट महालेखा नियन्त्रणको कार्यालय

सञ्जय शर्मा (सिँचाइ)बाट विज्ञान प्रविधि

केदार अधिकारी (वाणिज्य) बाट पर्यटन

मोहनकृष्ण सापकोटा (पर्यटन)बाट सार्वजनिक खरिद अनुगमनको कार्यालय

खगराज वराल(शिक्षा)बाट स्वास्थ्य

महेशप्रसाद दाहल (श्रम)बाट शिक्षा

सूर्यप्रसाद गौतम (महालेखा नियन्त्रणको कार्यालय)बाट भूमि व्यवस्था तथा गरिवी माधव वेलवासे (राष्ट्रिय सतर्कता केन्द्र)बाट खानेपानी मन्त्रालय

रामप्रसाद थपलिया (स्वास्थ्य)बाट युवा तथा खेलकुद

वैकुण्ठ अर्याल(वित्त आयोग)बाट वाणिज्य तथा आपुर्ती

तीर्थ ढकाल (प्रदेश ५)बाट वित्त आयोग

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x