राष्ट्रिय बीमा संस्थाको नाफामा १८८.८४ प्रतिशतको बृद्धि
काठमाडौं, ४ भदौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७५–७६ मा ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा रकम १८८.८४ प्रतिशत बढी हो । संस्थानले अघिल्लो वर्षको सोही अवधिमा १ करोड ९७ लाख रुपैयाँ मात्र रहेको थियो ।
संस्थानले बीमा शुल्क आम्दानी १००.९० प्रतिशतले वृद्धि गरी ६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, संस्थानले २ अर्ब ७१ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम १९ करोड १५ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ ।