नेपाल-भारत संयुक्त आयोगको बैठक शुरु हुँदै
काठमाडौं,४ भदौ । नेपाल-भारत संयुक्त आयोगको दुईदिने बैठक आजबाट काठमाडौंमा सुरू हुँदैछ। बैठकमा छलफलका लागि मुख्य पाँचवटा अजेन्डा तय गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुशार पहिलो शान्ति, सुरक्षा र सीमा दोस्रो- कनेक्टिभिटी र सहयोग। तेस्रोमा व्यापार र पारवहन। चौंथौमा ऊर्जा र जलस्रोत र पाँचौंमा कला, संस्कृति र शिक्षासम्बन्धी विषय समेटिएका छन्। बैठकको नेतृत्व दुई मुलुकका परराष्ट्रमन्त्रीहरूले गर्नेछन्।नेपालको तर्फबाट नेतृत्व पराराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले गर्नछन् भने भारततर्फको नेतृत्व भारतीय विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । यसै गरी परराष्ट्र, रक्षा, ऊर्जा मन्त्रालयलगायत अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी हुने बताइएको छ ।
यसै बीच भारतीय विदेश मन्त्री जयशंकरले आजै प्रधानमन्त्री के पी शर्माओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी उनले राष्ट्रपति र प्रमुख प्रतिपक्षि दल लगायतका नेताहरुलाइ भेटनेकार्यक्रम रहेको भारतीय दुतावस स्रोतले बताएको छ ।