Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

संविधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज: प्रम ओली

संविधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज: प्रम ओली

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् । संविधान दिवश एव राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र  बलिदानको महत्वपूर्ण देन रहेको बताए । “जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान” प्रधानमन्त्री ओलीले भने “हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।”

 ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताए । “ संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ” प्रधानमन्त्री ओलीले भने “संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।”

 प्रधानमन्त्री ओलीले संविधान दिवश नेपाली जनताको उत्सवको दिवश भएकोले यसलाई राष्ट्रिय दिवशको रुपमा समेत मनाइएको बताए । “संविधान दिवशलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ”प्रधानमन्त्री ओलीले भन्नुभयो “यो नेपालका सबै दिवश भन्दा ठुलो दिवश हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।”

 संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा, वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको ओलीको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x