बुधबार २९ करोडको सेयर कारोबार

काठमाडौं, ४ भदौ । उतार चढावका बीच बुधबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। बजार ०.४२ अंकले बढेर १२१४.०५ को बिन्दुमा थामिएको छ।

बुधबार व्यापार, विकास बैंक, फाईनान्स र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ। कारोबार पनि १ सय ६१ कम्पनीको २९ करोड २६ लाख रुपैयाँको मात्र भएको छ। त्यसमा सबै बढी सोल्टी होटलको कारोबार भएको छ। होटलको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्यमा ८४ अंकले बृद्धि भएको छ भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । सो लघुवित्तको सेयर मूल्यमा ३१ अंकले गिरावट आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *