Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

काठमाडौं, ४ भदौ । जनता बैंकले फुड फर पिपुल (जन भोजन) लाई २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जन भोजनलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग हस्तान्तरण गरेको हो ।

जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । दैनिक करिव ५० हजार रुपैयाँ बराबरको बिहानी खाना र दिवा खाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ ।

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अघीदेखि फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आएको संस्थाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x