Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

प्रभु बैंकको एक्सटेन्सन काउण्टर ईलाम मालपोत कार्यालयमा

प्रभु बैंकको एक्सटेन्सन काउण्टर ईलाम मालपोत कार्यालयमा

काठमाडौं, ४ भदौ । प्रभु बैंकले ईलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्सटेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै भदौ १ गते बैंकले झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालयमा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको थियो । हाल बैंकले १ सय ९३ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम र २६ वटा काउण्टरहरु मार्फत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x