Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंकलाई व्यवस्थित रुपमा बीमा गर्न दिनुपथ्र्योः बिमक

बैंकलाई व्यवस्थित रुपमा बीमा गर्न दिनुपथ्र्योः बिमक

काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्दै आएको बीमा व्यवसाय रोक लगाए पछि सरोकार निकायहरु रुष्ट भएका छन् । बैंक, बीमा कम्पनी तथा बीमा समितिले केन्द्रीय बैंकले बैंकलाई बीमा अभिकर्ताको काम गर्नमा रोक लगाउँन नहुने बताउँदै आएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत बैंकलाई अभिकर्ताको रुपमा काम गर्न रोक लगाएको हो । बैंकर्स एशोसियसनले उक्त निर्णय फिर्ता गर्न केन्द्रीय बैंकमा लबिगं समेत गरेको छ ।
बैंकलाई बीमा अभिकर्ताको कार्यमा रोक लगाउँदा बीमा व्यवसायमा असर गर्ने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए । ‘राष्ट्र बैंकले यसलाई व्यवस्थित गर्न सक्थ्यो । जस जसले बदमाशी गरेका छन्, त्यसलाई कारवाही पनि त गर्न सकिन्थ्यो । सबैलाई एउटै घानमा राख्नु हुँदैनथ्यो,’ उनले भने । एकातिर सरकारले बीमाको पहुँच बढाउँने नीति लिएको छ । अर्कोतिर बैंकलाई बीमा पनि गर्न नदिने भन्छ । बीमा पहुँच बढाउँने हो भने व्यवस्थित तरिकाले बैंकलाई बीमाको काम गर्नु दिनुपर्ने उनले बताए ।

बैंकलाई व्यवस्थित रुपमा बीमाको काम गर्न दिनुपर्ने तर्क राख्छन् बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल । ‘नियमनकारी निकायले गरेको निर्णयलाई मान्नु पर्छ । तर, पूर्ण रुपमा रोक लगाउँनु भन्दा पनि व्यवस्थित गरेर लैजाउँनु पथ्र्यो,’ उनले भने । त्यस्तै, राष्ट्र बैंकले बैंकलाई बीमा गर्न रोक लगाएर कम्पनीहरुको व्यवसाय अवरोध सृजना गरेको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए ।

पछिल्लो समयमा बैंकले बीमा अभिकर्ताको काम गर्दे आएका छन् । बैंकले कर्जा लिन आउँने ऋणीलाई समेत जबरजस्ती बीमा गर्न लगाएर विकृति भित्राएको भन्दै केन्द्रीय बैंकले बैंकलाई बीमा रोक लगाएको हो । बीमा समितिका अनुसार बीमा कम्पनीहरुको कुल व्यवसाय मध्ये बैंकले गर्ने व्यवसायको करिब ३ प्रतिशत मात्रै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x