Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चेम्बरद्वारा दुई दिने तीज मेला आयोजना गरिने

चेम्बरद्वारा दुई दिने तीज मेला आयोजना गरिने

काठमाडौं, ४ भदौ । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्वारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा आगामी भदौ ६ र ७ गते मेला आयोजना हुने भएको हो ।

मेलामा काठमाडौंका महिलाद्वारा प्रर्बद्धित ५० फर्म, कम्पनी, संघ–संस्थाहरूको स्टलद्वारा सहभागिता रहनेछ । ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिईन् ।

मेलामा हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारगारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष–२०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिईन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x